भारतमा थप ४८२ कोरोना संक्रमितको मृत्यु
काठमाडौ, मंसिर १६ : भारतमा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७...
काठमाडौ, मंसिर १६ : भारतमा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ६३ हजार २५९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार