Kathmandu Press

ओली प्रधानमन्त्री भएपछि भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दीक्षित 

काठमाडौं, मंसिर १५ : नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिएको टिप्पणी...
ओली प्रधानमन्त्री भएपछि भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दीक्षित 

काठमाडौं, मंसिर १५ : नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिएको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा डा. दीक्षितले भने,‘ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो। नेपालको भारतसँग यस्तो खराब सम्बन्ध कहिल्यै पनि थिएन। अहिले आएर अलिकति सुल्झाउन ओलीले पनि खोजे। भारतले पनि त्यसलाई टेवा दिएको छ। हेल्प गरेको छ।’

Hardik ivf

उनले चीनसँग राम्रो मित्रता देखाउन भारतसँग सम्बन्ध बिगार्नु नहुने बताए। ‘नेपालले हिजो पनि यो खेल खेलेको हो। एकविरुद्ध अर्कोलाई प्रयोग गर्ने काम गर्नु हुँदैन,’ उनले भने।

यस्तै, उनले चीन र भारतबाट नेपालमा उच्चस्तरको भ्रमण हुनु राम्रो र सकारात्मक भएको प्रतिक्रिया दिए। उनले भने,‘हामी नेपालीहरु धेरै भाग्यशाली छौं, यो अर्थमा कि अहिले हाम्रा दुईवटै छिमेक एउटा सुपर पावर नै भइसक्यो। अर्को सुपरपावर हुन गइराखेको छ। दुईवटैको अर्थतन्त्र कोरोनाले बाहेक धेरै फड्को मारेका छन्। हामीले अलिकति बुद्धि लगाउन सक्यौं, आन्तरिक झै–झगडा छोडेर लिनुपर्छ। हामी धेरै माथि जान सक्छौँ।’

डा. दीक्षितले नेपालका नेताहरुले आफ्नो हितलाई मात्रै हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए। उनले भने,‘चीन र भारतलाई लडाएर, एक आपसमा झगडा लगाएर आफ्नो राजनीतिलाई मात्रै फाइदाको रुपमा हेर्नुहुँदैन। हामीसँग धेरै साधन छैन। प्रगतिको लागि हामीले भारत र चीनसँग त सहकार्य गर्नुपर्छ। भारतबाट धेरै सहयोग पाएका  छौं। चीनले पनि बिआरआईमार्फत सहयोग दिन खोज्दैछ। यो हाम्रो लागि खुशीको कुरा हो।’

डा. दीक्षितले नेपालका नेता तथा सबै दलहरुले विवेक प्रयोग गर्नुपर्ने र सोहीअनुसार आफ्नो विदेश सम्बन्ध राख्नुपर्ने सुझाव दिए। 

प्रकाशित मिति: २३:३४ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्