मंगलबार, माघ १३, २०७७

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु

फाइल तस्वीर।

काठमाडौं,  मंसिर १५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २९ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५०८ पुगेको छ। 

यस्तै,  सोमबार नेपालमा थप १४७४  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने अहिलेसम्म २ लाख १४ हजार ५२१ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १९३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

 Published Date: Monday, 30th November 2020 10:20:00 pm