Kathmandu Press

सडकमा अलपत्र परेकाको व्यवस्थित बसोबासको प्रबन्ध हुँदैछ : मन्त्री मानन्धर

काठमाडौं, मंसिर १५ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन्। गुरुनानक जयन्तीका अवसरमा सोमबार बालाजुको...
सडकमा अलपत्र परेकाको व्यवस्थित बसोबासको प्रबन्ध हुँदैछ : मन्त्री मानन्धर

काठमाडौं, मंसिर १५ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन्। 

गुरुनानक जयन्तीका अवसरमा सोमबार बालाजुको म्हेपीमा आयोजित कार्यक्रममा उनले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तीव्रता दिएको जानकारी दिए।

“मानवता र मानव सभ्यताको विकासमा गुरुनानकले देखाएको मार्गदर्शन अवलम्बन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो”, उनले भने।

काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन बिताइरहेकाको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुरुप सडक मानवमुक्त अभियानलाई तीव्रता दिइएको उनले बताए।

सरकारले काठमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको उनको भनाइ छ। प्रस्तावित निर्माणस्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित राज्यमन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो। रासस

प्रकाशित मिति: २१:०४ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्