Kathmandu Press

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, मंसिर १५ : राजतन्त्रको पक्षमा आज काठमाडौंमा पनि प्रदर्शन भएको छ।राष्ट्रिय शक्ति नेपालको अगुवाइनमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ। राष्ट्रिय शक्ति नेपाल...
राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, मंसिर १५ : राजतन्त्रको पक्षमा आज काठमाडौंमा पनि प्रदर्शन भएको छ।

राष्ट्रिय शक्ति नेपालको अगुवाइनमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ। राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले प्रदर्शन आयोजना गरेको हो।

Hardik ivf

पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा सयौं मानिस सहभागी भएका छन्। उनीहरुले हातहातमा राष्ट्रिय झण्डा पनि बोकेका छन्।

माइतीघर मण्डलदेखि सुरु भएको प्रदर्शन नयाँ वानेश्वर पुगेको छ। प्रदर्शनकारीले राजा आऊ, देश बचाऊ भन्ने नारा लगाएक छन्।

केही दिनयता राजतन्त्रका पक्षमा प्रदर्शन हुँदै आएको छ। देशका प्रमुख शहरमा प्रदर्शन भएको छ। त्यहि क्रममा काठमाडौंमा पनि प्रदर्शन गरिएको आयोजकले जनाएको छ।

 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्