Kathmandu Press

वार्सिलोनाले ओसासुनालाई ४–० गोल अन्तरले हरायो 

काठमाडौं, मंसिर १५ : स्पेनिस लिग फुटबलमा वार्सिलोनाले ओसासुनालाई ४–० गोल अन्तरले हराएको छ ।घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजमन,...
वार्सिलोनाले ओसासुनालाई ४–० गोल अन्तरले हरायो 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १५ : स्पेनिस लिग फुटबलमा वार्सिलोनाले ओसासुनालाई ४–० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजमन, फिलिप कौटिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे । जितसँगै वार्सिलोना लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

वार्सिलोनाको ९ खेलबाट १४ अंक छ । ११ खेलबाट २४ अंक जोडेको रियाल सोसिडाड शिर्ष स्थानमा छ । यस्तै अर्को खेलमा सोसिडाडले गएराति भएको खेलमा भियारियालसँग १–१ गोलको बराबरी खेल्यो ।

ला लिगाकै अन्य खेलहरुमा सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले हराउँदा गेटाफेले एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेलेको छ । 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्