Kathmandu Press

निर्माण सामग्रीमा मूल्य वृद्धि, निर्माण क्षेत्र मारमा

काठमाडौं, मंसिर १४ : कोभिड–१९ को महामारीबीच निर्माण शुरु हुने समयमा निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएकोतर्फ गम्भीर...
निर्माण सामग्रीमा मूल्य वृद्धि, निर्माण क्षेत्र मारमा

काठमाडौं, मंसिर १४ : कोभिड–१९ को महामारीबीच निर्माण शुरु हुने समयमा निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

 
फलामजन्य निर्माण सामग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी.आई तार, ग्याबिन तार उत्पादक कम्पनीले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्यवृद्धि गरेको महासंघले जनाएको छ। ‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा  धेरै मूल्यवृद्घि गरी मिलेमतो गरेको देखिएको छ,’ महासंघका महासचिव रोशन दाहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

 
अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासंघको भनाइ छ। देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री–वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ। गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनामा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएकोप्रति महासंघले सरोकार भएका सबै निकायको ध्यानाकर्षण गराएको छ।

केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डन्डी (प्रतिकेजी) मा १५ देखि २० रुपैयाँसम्म मूल्यवृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्घि भएको महासंघले जनाएको छ। महासंघका अनुसार कोभिड– १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन्।

प्रकाशित मिति: ००:३६ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्