Kathmandu Press

बलात्कारको आरोपमा वडाध्यक्षसहित थप चार पक्राउ

बैतडी, मंसिर १४ : किशोरी बलात्कार प्रकरणमा आज वडाध्यक्षसहित थप चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँदसहित थप...
बलात्कारको आरोपमा वडाध्यक्षसहित थप चार पक्राउ

बैतडी, मंसिर १४ : किशोरी बलात्कार प्रकरणमा आज वडाध्यक्षसहित थप चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिगास गाउँपालिका–३ का वडाध्यक्ष शेरसिंह साउँदसहित थप चारजना रहेका प्रहरीले जनाएको छ।  

सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो। योसँगै किशोरी बलात्कार प्रकरणमा छ जना पक्राउ परिसकेका छन्।

Hardik ivf

पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। बलात्कार घटनाका मुख्य आरोपित सिगास–३ का दीपकसिंह धामी भने फरार रहेको प्रहरीले जनाएको छ। उनी पहिला नै भारत भागिसकेको प्रहरीले जनाएको छ।

सिगास–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो। तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो। पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो। 

सो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। यो घटनामा मुख्य आरोपित फरार रहे पनि घटनालाई ढाकछोप गर्ने वडाध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। उनले भने, ‘अनुसन्धानकै क्रममा छौँ, गलत गर्नेमाथि कानूनी कारबाही हुन्छ।’

पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ००:२३ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्