
काठमाडौं, मंसिर १४ : फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
१० औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ नेयमारले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् ।
नेइमारले गोल गरेको पहिलो गोल गरेको एक मिनेटपछि नै मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । ६० औं मिनेटमा हाटिम विन अर्फाको पासमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
बराबरीपछि पनि पीएसजी शीर्ष स्थानमै छ । उसको १२ खेलबाट २५ अंक भएको छ ।