Kathmandu Press

प्रचण्डलाई ओलीको प्रश्न- कमरेड, तपाईंले रोजेको बाटो वाद-प्रतिवादको हो कि वाद-प्रतिवाद र विग्रहको ?

‘यो प्रस्ताव तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालोमात्रै  हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ,’ उनले भनेका छन्,‘ पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन।’ 
प्रचण्डलाई ओलीको प्रश्न- कमरेड, तपाईंले रोजेको बाटो वाद-प्रतिवादको हो कि वाद-प्रतिवाद र विग्रहको ?

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको खण्डन गर्दै जवाफी प्रस्ताव पेश गरेका छन्। 

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफी ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पेश गरेका हुन्। ओलीले प्रस्तावको सुरुमै अर्का अध्यक्ष प्रचण्डले आफूमाथि लगाएको आरोप प्रथम दृष्टिमै खारेजयोग्य रहेको बताएका छन्। 

ओलीले प्रचण्डले पेश गरेको प्रस्तावलाई नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालोमात्रै भएको बताएका छन्।

‘यो प्रस्ताव तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालोमात्रै  हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ,’ उनले भनेका छन्,‘ पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन।’ 

ओलीले व्यक्ति–व्यक्तिबीचका सम्बन्ध, बहसको सञ्चालन, तिनको स्तर तथा असहमतिकाबीच व्यक्त हुने भाषशैली एवं शिष्टताका दृष्टिले कम्युनिष्ट पार्टी र त्यसका कमिटीहरु अरु कुनै पनि संस्थाभन्दा उच्च स्तरका हुनु पर्ने पनि बताएका छन्।

यस्तै, ओलीले पार्टीभित्र चलिरहेको बहसको चरित्र के हो भनेर पनि प्रचण्डलाई प्रश्न गरेका छन्। ‘ कमरेड प्रचण्ड, सुरुमै तपाईंलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिहरेको यस बहसको चरित्र केहो ? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? ’ 

ओलीले प्रचण्डलाई थप प्रश्न गरेका छन्,‘ तपाईंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?’ ओलीले एकता, छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता विग्रह र विघटनको बाटोमा भनेर प्रचण्डलाई प्रश्न गरेका छन्। 

ओलीले प्रचण्डले आफ्ना एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको आरोप पनि लगाएका छन्। उनले भनेका छन्,‘ वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नु भएको छ र कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा धकेल्नु भएको छ। समयले यसको उचित हिसाब गर्ने नै छ।’
 

प्रकाशित मिति: २२:३२ बजे, शनिबार, मंसिर १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्