Kathmandu Press

युनिसेफ र पीएएचओले गरे १८६ देशमा कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान 

काठमाडौं, मंसिर १२ : युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पीएएचओ)ले कोरोनाविरुद्धको खोप खरिद गर्न बोलपत्र आह्वान गरेका छन्। यी दुई संस्थाले खोप...
युनिसेफ र पीएएचओले गरे १८६ देशमा कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान 

काठमाडौं, मंसिर १२ : युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पीएएचओ)ले कोरोनाविरुद्धको खोप खरिद गर्न बोलपत्र आह्वान गरेका छन्। यी दुई संस्थाले खोप आपूर्तिका लागि विकासकर्तासँग बोलपत्र आह्वान गरेका हुन्। 

गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटीकातर्फबाट कम्तिमा दुई अर्ब खोप आपूर्ति गर्ने लक्ष्यसहित यी दुई संस्थाले बोलपत्र आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बोलपत्र प्रक्रिया करिब ६ सातासम्म चल्ने बताइएको छ। गावीमा आवद्ध १८६ वटा देशमा गुणस्तरीय खोप प्रदान गर्न बोलपत्र आह्वान गरिएको युनिसेफले जनाएको छ। 

Hardik ivf

‘कोभिड–१९ विरुद्धको गुणस्तरीय खोप सुरक्षित गर्न युनिसेफ तथा पान अमेरिकी स्वास्थ्य संगठनद्वारा संयुक्त रूपमा आह्वान गरिएको बोलपत्रका लागि खोप उत्पादकहरूले प्रस्ताव पेस गर्न १८६ देशमा आवश्यक पर्ने खोपको संख्या सम्बन्धमा गरिने अध्ययन पनि समावेश हुन्छ,’ युनिसेफले भनेको छ।

१८६ देशमध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटीअन्तर्गतको अग्रिम बजार प्रतिबद्धता (एएमसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्। जसअन्तर्गत विश्व बैंकद्वारा न्यून तथा मध्यम न्यून आय भएका देशका रूपमा परिभाषित एवं अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गर्न योग्य देशहरू पर्दछन्।

अमेरिकी महादेशबाहिरका ८२ वटा देशका लागि खोप खरिद गर्न युनिसेफले नेतृत्व गर्नेछ भने पीएएचओले अमेरिकी महादेशमा रहेका १० वटा सदस्य राष्ट्रका लागि खोप खरिद गर्नेछ। 

बोलपत्र गावीलाई अग्रिम रूपमा बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेका, खोप विकासका लागि महामारीविरुद्धको तयारी गठबन्धन (सीईपीआई)सँग सम्झौता गरेका र २०२१ को अन्त्यसम्म आपूर्ति सुरु गर्न सक्ने अपेक्षा राखेका उत्पादकहरूले पेस गर्न सक्नेछन्। 

प्रकाशित मिति: २१:३६ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्