
काठमाडौं, मंसिर १२ : ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।
परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन् । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् ।
कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् ।