शनिबार, माघ १०, २०७७

थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना डिस्चार्ज

सांकेतिक तस्वीर।

काठमाडौं,  मंसिर ११ : नेपालमा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने अहिलेसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४१२  पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै १४३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

 Published Date: Thursday, 26th November 2020 10:04:00 pm