Kathmandu Press

कोरोनाबाट योजना आयोगका पूर्वउपाध्यक्षको निधन

काठमाडौं, मंसिर ११ : कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको निधन भएको छ।आज बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा शाक्यको निधन भएको...
कोरोनाबाट योजना आयोगका पूर्वउपाध्यक्षको निधन

काठमाडौं, मंसिर ११ : कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको निधन भएको छ।

आज बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा शाक्यको निधन भएको हो। उपचारका क्रममा बिहान ४ बजे निधन भएको अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलले बताइन्।

Hardik ivf

उनलाई केही दिन अघि कोरोना संक्रमण भएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

दुई दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान निधन भएको हो।

खिलराज रेग्मीको नेतृत्वमा सरकार रहेका वेला उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। अर्थ मन्त्रालयको शाखा अधिकृतबाट सरकारी जागिर सुरु गरेका शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातोकत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए।

राष्ट्रिय योजना आयोगको कर्मचारीका रुपमा काम गरेका उनी सेवानिवृत्त भएपछि उपाध्यक्ष बनेका थिए। ललितपुर कुपण्डोल निवासी ७६ वर्षीय शाक्यकी श्रीमती र चार छोराछोरी छन्। 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्