Kathmandu Press

सबै देशमा उडान अनुमति दिने सिसिएमसीको निर्णय

काठमाडौं, मंसिर ९ : कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको...
सबै देशमा उडान अनुमति दिने सिसिएमसीको निर्णय

काठमाडौं, मंसिर ९ : कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ।

मंगलबार बसेको सिसिएमसी निर्देशक समितिको बैठकले स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि उडान अनुमति दिने निर्णय गरेको हो। 

Hardik ivf

संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

विभिन्न सरकारी कार्यालयहरूमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने बित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ। 

संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए। 

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेपनि यसबारे सिसिएमसीले कुनै निर्णय गरेको छैन। 

प्रकाशित मिति: ०१:०६ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्