
काठमाडौं, मंसिर ९ : नबिल बैंक लिमिटेड र दराज क्यामु प्रालिले साना तथा मझौला उद्यमलाई सहयोग गर्न सारथी योजना ल्याएका छन्।
यो योजनाका लागि नबिल र दराजले सम्झौता गरेका छन्। सम्झौतापत्रमा नबिल बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र दराज क्यामु प्रालिका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले हस्ताक्षर गरेका छन्।
यो योजनामा दराजका बिक्रेताले आकर्षक सुविधा तथा ब्याजदरमा नबिल बैंकबाट कर्जा पाउनेछन्। यसमा पुराना र नयाँ सबै ग्राहकले आवेदन दिनसक्नेछन्।
साना तथा मझौला उद्यमीलाई लगानी सहयोग गर्ने उद्देश्यले यो योजना ल्याइएको जनाएको छ।