Kathmandu Press

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

भक्तपुर, मंसिर ९ : माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता भएको छ । सोमबार बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र...
माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता
Hardik ivfHardik ivf

भक्तपुर, मंसिर ९ : माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता भएको छ । सोमबार बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बीच माछापुच्छ्रे  बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार माछापुच्छ्रे  बैंकका ग्राहकहरूले दुई वटै तारे होटलको खाना र पेय पदार्थमा १५प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३ ५प्रतिशत तथा विषेश प्याकेजहरुमा ५प्रतिशत सम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । यस्तै माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटमा रहेको होटल क्लव हिमालयन प्रा.लि. सँग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले क्लव हिमालयन प्रा.लि.फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशभर १६० वटा शाखा, १३८ वटा शाखा रहित बैकिङ्ग सेवागरी कुल २९३ स्थानबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । भने देशभर जम्मा १९८ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्