Kathmandu Press

बार्सिलोनाको च्याम्पियन्स लिग टिमबाट बाहिरिए मेसी

काठमाडौं, मंसिर ९ : स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेसीले च्याम्पियन्स लिग टिमबाट बाहिर राखेको छ । मंगलबार राति हुने डाइनामो किभविरुद्धको...
बार्सिलोनाको च्याम्पियन्स लिग टिमबाट बाहिरिए मेसी

काठमाडौं, मंसिर ९ : स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेसीले च्याम्पियन्स लिग टिमबाट बाहिर राखेको छ । मंगलबार राति हुने डाइनामो किभविरुद्धको खेलका लागि बार्सिलोनाले मेसीलाई बाहिर राख्दै १९ सदस्यीय टिमको घोषणा गरेको छ ।

मेसीसँगै बार्सिलोनाले भिडफिल्डर फ्यांकी डी योङ र डिफेन्डर जेरार्ड पिकेलाई पनि टिमबाट बाहिर राखेको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी र डी योङलाई आराम दिइएको बताएका छन्। 

यता पिके भने घाइते भएकाले टिममा नपरेका हुन् । उनी गत साता भएको ला लिगाको एट्लेटिको मड्रिडसँगको खेलमा पहिलो हाफमै घाइते भएका थिए ।

बार्सिलोनाले मंगलबार राति डाइनामो किभसँग उसैको मैदानमा खेल्नेछ । समूह जीमा ३ जित निकालेको बार्सिलोना ९ अंक जोड्दै शीर्ष स्थानमा छ । ६ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्