Kathmandu Press

चित्लाङको चिनारीका रुपमा देवेन्द्र नेपालको  ‘मेरो चित्लाङ’ (भिडियो) 

काठमाडौं, मंसिर ९ : राजधानी काठमाडौंको कोलाहलबाट ‘रिफ्रेसमेण्ट’ हुनका लागि सबैले सम्झने मनमोहक ठाउँ हो चित्लाङ । चित्लाङलाई अझै राष्ट्रिय  र अन्तर्राष्टिय क्षेत्रमा...
चित्लाङको चिनारीका रुपमा देवेन्द्र नेपालको  ‘मेरो चित्लाङ’ (भिडियो) 

काठमाडौं, मंसिर ९ : राजधानी काठमाडौंको कोलाहलबाट ‘रिफ्रेसमेण्ट’ हुनका लागि सबैले सम्झने मनमोहक ठाउँ हो चित्लाङ । चित्लाङलाई अझै राष्ट्रिय  र अन्तर्राष्टिय क्षेत्रमा चिनाउन हरदम लागिरहेका छन् युवा पर्यटन व्यवसायी देवेन्द्र नेपाल ।

पछिल्लो समय गीतका माध्यमबाट समेत चित्लाङको पर्यटन प्रबद्र्धनमा जुटेका नेपालले नयाँ गीत  ‘मेरो चित्लाङ’ सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा शब्द, स्वर र निर्देशन समेत स्वंयम नेपालको रहेको छ । यति मात्र नभई उनले उक्त गीतमा अभिनय समेत गरेका छन् ।

चित्लाङको चिनारीको रुपमा गीत रहेको गीतले त्यस क्षेत्रको धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । रोजगारीकै लागि सुन्दर गाउँ नछाडौं गाउँमै बसेर केही गरौं भन्ने सकारात्मक सन्देश समेत गीतले दिएको छ ।

गीतमा माधवी त्रिपाठीले नेपाललाई साथ दिएका छन् । गीतको भिडियोमा नेपाल सहित मुना बस्नेत, प्रकृति नेपाल र पत्रकार काजी श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

विगत १ दशकभन्दा बढी पर्यटन व्यवसायमा आबद्द नेपाल गीत, संगीत क्षेत्रमा पनि कृयाशिल रहेका छन् । 

भिडियो :

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्