Kathmandu Press

नेपालमा दुई लाख बढीले जिते कोरोना 

काठमाडौं, मंसिर ८ : नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज...
नेपालमा दुई लाख बढीले जिते कोरोना 
सांकेतिक तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ८ : नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। 

पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार दुई सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या अहिलेसम्म दुई लाख २२ हजार २८८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म १३३७ जनाको मृत्यु भएको छ। 

सोमबारमात्रै नेपालमा १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: २२:२७ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्