Kathmandu Press

दाङमा कोरोना संक्रमणबाट थप दुई बृद्धको मृत्यु

दाङ, मंसिर ७ : कोरोना भाइरसको संक्रमणबाट दाङमा थप दुईजना बृद्धको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय र...
दाङमा कोरोना संक्रमणबाट थप दुई बृद्धको मृत्यु

दाङ, मंसिर ७ : कोरोना भाइरसको संक्रमणबाट दाङमा थप दुईजना बृद्धको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको छ। दुवै जनाको बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो।

Hardik ivf

तुलसीपुरका बृद्धलाई स्वास्थ्यमा समस्या आएपछि मंसिर ४ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधुमेह र निमोनियाबाट पीडित रहेका थिए।

त्यस्तै, घोराहीका बृद्धलाई कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए।

उनको उपचारका क्रममा गएराति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। उनी उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए।

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्