Kathmandu Press

धाँधलीको आरोप लगाउँदै ट्रम्पले हालेको मुद्दा अदालतद्धारा खारेज 

धाँधलीको आरोप लगाउँदै ट्रम्पले हालेको मुद्दा अदालतद्धारा खारेज 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ७ : धाँधलीको आरोपसहित पेन्सिलभानिया अदालतमा मुद्दा हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का लागेको छ ।

पेन्सिलभानिया राज्यको अदालतले उनको मुद्दा खारेज गरिदिएपछि उनलाई धक्का लागेको हो । ट्रम्पको निर्वाचन अभियानले हुलाक मार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको हो ।

बाइडनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको  मुद्दा खारेज गरेका हुन् । ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन सकेका छैनन् ।

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्