Kathmandu Press

‘हिरोलाई मन नपर्दा डबिङमै डाइलग परिवर्तन गर्न लगाइयो’ 

‘मैले थुप्रै राम्रा नराम्रा पलहरु बिताएकी छु। म धेरै सुन्दर छैन, मलाई बदलिदिएको छ,’ तापसीले भनेकी छिन्, ‘किनकि हिरोका पत्नीहरु चाहँदैनन् कि म फिल्मको हिस्सा बनूँ।’
‘हिरोलाई मन नपर्दा डबिङमै डाइलग परिवर्तन गर्न लगाइयो’ 
Hardik ivfHardik ivf

बलिउड, तेलगु र तमिल फिल्मकी अभिनेत्री तापसी पन्नू अहिले फिल्म ‘रश्मी रकेट’को सुटिङमा व्यस्त छिन्।

उनीसँग हसिन दिलरुवा र लुप लपेटा फिल्म पाइप लाइनमा छन्। एक दशकदेखि बलिउडमा सक्रिय तापसीले फिल्म क्षेत्रमा थुप्रै संघर्ष गरेकी छिन्।

तापसीले फिल्म फेयर अवार्डका क्रममा एक अन्तर्वार्तामा आफ्नो फिल्म क्षेत्रको संघर्षको कथा सुनाउँदै धेरै पटक स्पटमै आफ्नो स्क्रिप्ट परिवर्तन गर्नु परेको बताएकी छिन्। उनले भनेकी छिन्, ‘कैयौँ पटक हिरोको भन्दा आफ्नो पारिश्रमिक घटाउनु परेको थियो।’ 

एक सयम यस्तो पनि थियो, तापसीलाई ‘ब्याडलक चार्म’ भन्ने गरिन्थ्यो। उनलाई साइन गर्न निर्माताहरु पनि हिचकिचाउँथे। ‘मैले थुप्रै राम्रा नराम्रा पलहरु बिताएकी छु। म धेरै सुन्दर छैन, मलाई बदलिदिएको छ,’ उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘किनकि हिरोका पत्नीहरु चाहँदैनन् कि म फिल्मको हिस्सा बनूँ।’

३३ वर्षीया तापसीले सन् २०१० बाट फिल्म यात्रा थालेकी हुन्। तेलगु फिल्मबाट फिल्मी यात्रा थालेकी उनले सन् २०१६ मा बलिउडमा डेब्यू गरेकी हुन्। त्यसयता बलिउडमा निरन्तर काम गरिरहेकी तापसीले आफ्नो संघर्षको कथा सुनाइन्, ‘म एउटा फिल्मको डबिङ गरिरहेको थिएँ, मलाई भनियो– डाइलग परिवर्तन गर्नुपर्छ, किनकि मेरो डाइलग हिरोलाई मन परेको थिएन। जब मैले डाइलग परिवर्तन गर्न अस्वीकार गरेँ, तब मलाई डबिङ गर्न दिइएन। अर्को डबिङ आर्टिसबाट डाइलग परिवर्तन गरेर डबिङ गरियो।’

पर्दा पछाडिको खेल

हिरोको पहिलो फिल्म नचल्दा आफ्नो पारिश्रमिकमा घटाउन लगाइएको तीतो यथार्थ पनि तापसीले बताएकी छिन्। फिल्म नचल्दा बजेट कन्ट्रोल गर्न पारिश्रमिक कटौती गरिएको पनि उनले बताएकी छिन्।

‘केही यस्ता हिरो पनि थिए, आफ्नाभन्दा राम्रो सट भएकाले मेरो इन्ट्रोडक्सन सट नै परिवर्तन थर्गन लगाउँथे,’ तापसीले भनिन्। उनले पर्दा पछाडि हुने यस्ता घटना एक पटक मात्र नभई पटक–पटक हुने गरेको बताएकी छिन्।

महिलाको मुख्य भूमिका स्वीकार्दैनन् पुरुष कलाकार

अन्तर्वार्ताका क्रममा तापसीले पुरुष कलाकारले महिलाको मुख्य भूमिका स्वीकार गर्न नसक्ने बताएकी छिन्। उनले आफूलाई खुसी दिने फिल्म मात्र खेल्ने घोषणा पनि गरेकी छिन्। मानिसहरुले यस्तो निर्णय गर्न भनेको पनि उनले बताएकी छिन्।

तासपीले भनेकी छिन्, ‘जब कुनै महिलाले महिलालाई प्रमुख भूमिका दिएको फिल्म खेल्न तयार भएका छन्, तब पुरुष कलाकारले महिलाको त्यो भूमिका स्वीकार्न संकोच मानिरहेका छन्।’


-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, मंसिर ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्