Kathmandu Press

थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ ४५ जनामा संक्रमण पुष्टि भएको हो। 
थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर ५ : नेपालमा थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ ४५ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नेपालमा २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन्। 

साथै गत २४ घण्टामा पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ९१ हजार २ जना रहेका छन्।
 

प्रकाशित मिति: २२:१३ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्