Kathmandu Press

चिसो कटाउने चाँजोपाँजो (तस्बिरहरु)

दशैंतिहारको बिदाइसँगै शरद सकिएर हेमन्त ऋतुको आगमन भएको छ। यससँगै चिसो बढ्न थालेकाे छ भने हिउँदे लुगाहरुको चाँजोपाँजो पनि सुरु भएको छ।
चिसो कटाउने चाँजोपाँजो (तस्बिरहरु)

काठमाडौं, मंसिर ५ : दशैंतिहारको बिदाइसँगै शरद सकिएर हेमन्त ऋतुको आगमन भएको छ। चिसो बढ्न थालेसँगै हिउँदे लुगाहरुको चाँजोपाँजो सुरु भएको छ।

काठमाडौंको बनस्थलीस्थित भृकुटी टोलको विल्ड स्पोर्टस् प्रालिमा हिउँदे लुगा धमाधम उत्पादन भइरहेका छन्। प्रालिका सुपरभाइजर केही चिन्तित छन्, किनकि कामको चाप हुने समयमा कामदारको अभाव छ।

कोरोना भाइरसको कारण घर गएका कामदार नफर्किएको उनले बताए। २५ वर्षदेखि हिउँदे लुगा उत्पादन गरिरहेको कम्पनीमा अहिले २५ जनामा मात्रै कामदार रहेको उनले बताए। ८० जना कामदार हुन्थे, यस पटक २५ जनामा मात्रै छन्। घर गएका कामदार फर्केका छैनन्, सुपरभाइजर राइले भने।

Hardik ivf

उनलाई यसपटक अर्को चिन्ता पनि लागेको छ, विगतमा जस्तो हिउँदे लुगाको आपूर्ति हुने देखिदैन। कोरोनाका कारण ५० प्रतिशत मात्रै आपूर्ति हुने उनको अनुमान छ।

उसो त कोरोना कारण पूरै देशको आर्थिक बृद्धदर खस्केको छ। उत्पादन घटेको छ। तैपनि हिउँदे लुगाको उत्पादनमा विल्ड स्पोर्टस् प्रालिका कामदार जुटेका छन्।

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्