Kathmandu Press

धोनीको हुँकार 

पत्रकारहरुको आईपिएलबाट सन्न्यास चाहेको भन्ने आशयको प्रश्नको जवाफ दिँदै धोनीले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भइसकेको छु। तर, अहिल्यै आईपिएलबाट रिटायर लिन्नँ।’
धोनीको हुँकार 
Hardik ivfHardik ivf

काठमाडाैं, कात्तिक १८ : इन्डियन प्रिमियर लिग (आईपिएल)को सबैभन्दा सफल टिम मध्ये एक हो, चेन्नई सुपर किंग्स। त्यही सफल टिम चेन्नईले यो पटकको आईपिएलमा इतिहासकै खराब प्रदर्शन गर्‍यो र, पहिलो पटक प्लेअफ पुग्न असफल भयो। 

गत सिजनको फाइनलिस्ट बनेको चेन्नई यो पटक बलिङ र ब्याटिङ दुवैमा असफल सावित भयो भने कप्तानका रुपमा महेन्द्रसिंह धोनी पनि पूर्ण रुपमा असफल त सावित भए नै उनको ब्याटिङ पनि चल्नै सकेन। लिगका १४ खेल खेलिसक्दा चेन्नई १० अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रह्यो। 

आईपिएलमा खराब प्रदर्शनसँगै भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका महेन्द्रसिंह धोनीले सबै क्रिकेटबाट पनि सन्न्यास लिने चर्चा चल्यो। लिग चरणको अन्तिम खेलअघि आइतबार पत्रकारहरुले धोनीलाई सोध– के हामी तपाईंलाई अन्तिम पटक पहेँलो जर्सीमा देख्दै छौं?

पत्रकारहरुको आईपिएलबाट सन्न्यास चाहेको भन्ने आसयको प्रश्नको जावफ दिँदै धोनीले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भइसकेको छु, तर अहिल्यै आईपिएलबाट रिटायर लिन्नँ।’

धोनीको नयाँ मिसन

चेन्नई प्ले अफमा पुग्न असफल भए पनि उनले अन्तिमका तीन खेल जित्दै प्रतियोगिताको सुखद् अन्त्य गरे। अन्तिम खेलमा पञ्जाबविरुद्ध ९ विकेटको सानदार जित निकालेकापछि धोनीले भने, ‘हामी आगामी सिजन थप बलियो भएर आउने छौं, जुन हाम्रो पहिचान हो।’

धोनी जब बोल्छन्, त्यसको केही कारण आवश्यक हुन्छ। टिमको खराब प्रदर्शनपछि निराश बनेका समर्थक मात्र होइन, मैदानमा धोनीविरुद्ध नै उत्रने टिमका साथी या क्रिकेट समीक्षक र विश्लेषक यसमा जानकार छन्। धोनीले आईपिएलको केही पछि नै ‘आफ्नो टीममा धेरै कमजोरी छन्, धेरै सुधार गर्नुपर्छ’ भनेका थिए। 

२३ अक्टोबरमा भएको खेलमा मुम्बई इन्डियन्ससँग चेन्नई पहिलो पटक १० विकेटले पराजित भयो। यो हारसँगै चेन्नईको प्ले अफ पुग्ने सम्भावना सकिएको थियो। खेलपछि पोस्ट म्याच कन्फ्रेन्समै धोनीले निराशा प्रटक गरे। ‘यो हार कहिल्यै भुल्ने छैन, यो सिजन हाम्रो थिएन’, धोनीले निराशा पोख्दै भने, ‘जब तपाईं कठीन परिस्थितिमा हुनुहुन्छ, तब थोरै भाग्यको पनि साथ चाहिन्छ। यो सिजन हामीलाई भाग्यले पनि ठग्यो। जुनमा म्याचमा हामी पहिला ब्याटिङ गर्न चाहन्थ्यौं, ती खेलमा हामी टस नै हा¥यौं। जब तपाईं हार्नु हुन्छ, त्यसका सैयौं कारण हुन्छन्।’

मुम्बईविरुद्धको फाराकिलो हारपछि धोनीले लिगका बाँकी तीन खेललाई आगमी सिजनको तयारीका रुपमा खेल्ने बताएका थिए। उनले ती तीन खेलमा ज्यान लगाएर खेल्ने र सुखद् नतिजा निकाल्ने बताएका थिए। भयो पनि त्यस्तै, ती तीनै खेल चेन्नई जित्यो। तीन खेलमा कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंग्लोर र किंग्स इलावेन पञ्जाबलाई हराएको थियो।

चेन्नईको अन्तिम तीन जितले प्लेअफ समीकरणमा पनि व्यापक परिवर्तन ल्यायो। पछिल्ला ५ खेल जित्दै प्लेअफको दौडमा रहेको पञ्जाब चेन्नाईसँगको हारले प्लेअफमा पुग्न सकेन भने कोलकाता र बैंग्लोरको प्लेअफ समीकरणलाई पनि कठीन बनाइदियो। प्लेअफमा पुग्न असफल भइसकेको चेन्नईले जितको ह्याट्रिक लगाउँदै आईपिएल २०२० लाई बिदा ग¥यो।

चेन्नईको जित

आईपिएल इतिहासमा चेन्नाई पहिलो पटक प्लेअफमा पुग्न असफल भएपनि प्रतियोगिता सकिँदा चेन्नाईको टिममा केही साकारात्मक पक्ष पनि देखियो। ती मध्ये एक हुन्, ओपनर ऋतुराज गायकवाड। अन्तिमका ३ खेलमा मौका पाएका उनले तीनै खेलमा अर्धशतक बनाए र तीनै खेलमा प्लेयर अफ दी म्याच पनि चुनिए। 

फाफ डु प्लेसिस, रविन्द्र जडेजा, अम्बाति रायाडू र साम करणले पनि उत्कृष्ट प्रदर्शन गरे र चर्चामा रहे। तर, सबैभन्दा बढी चर्चा कप्तान महेन्द्रसिंह धोनीकै भयो। हारमा पनि जाँदा जाँदैको तीन जितपछि धोनीले आफ्नो चर्चा आगामी सिजनसम्मका लागि जारी राखेका छन्।

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, कात्तिक १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्