Kathmandu Press

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

काठमाडौं, कात्तिक १४ : म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते...
बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १४ : म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो।

दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्