कोरोना संक्रमणबाट काठमाडौंमा एक पत्रकारको मृत्यु
काठमाडौं, कात्तिक १४ : कोरोना भाइरसको संक्रमणबाट काँभ्रेका एक जना पत्रकारको काठमाडौंमा मृत्यु भएको छ।ओम अस्पतालमा उपचारका क्रममा आज बिहान पत्रकार बिष्णुप्रसाद चौलागाईको...
काठमाडौं, कात्तिक १४ : कोरोना भाइरसको संक्रमणबाट काँभ्रेका एक जना पत्रकारको काठमाडौंमा मृत्यु भएको छ।
ओम अस्पतालमा उपचारका क्रममा आज बिहान पत्रकार बिष्णुप्रसाद चौलागाईको मृत्यु भएको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन्। ५१ वर्षीय पत्रकार चौलागाई काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक थिए।
उनलाई असोज २६ गते गोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसन बसेका थिए।
तर, स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो। उनी ब्रोनक्राइटिसबाट पीडित थिए।
उनको स्वास्थ्य बिग्रिदै गएको थियो। आज बिहान ४ बजे उपचारका क्रममै मृत्यु भएको आचार्यले बताएका छन्।
प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)