Kathmandu Press

टीकापुरमा कुटपिट गरि युवकको हत्या

धनगढी, कात्तिक १४ : कैलालीको जानकी गाउँपालिका–५ मा कुटपिट गरी एक युवकको हत्या गरिएको छ।गएराति युवाको समूहले आक्रमण गरि लम्कीचुहा नगरपालिका–३ का २२...
टीकापुरमा कुटपिट गरि युवकको हत्या

धनगढी, कात्तिक १४ : कैलालीको जानकी गाउँपालिका–५ मा कुटपिट गरी एक युवकको हत्या गरिएको छ।

गएराति युवाको समूहले आक्रमण गरि लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या गरेको प्रहरीले जनाएको छ।

Hardik ivf

इलाका प्रहरी कार्यालय, टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका भरतको उपचारका क्रममा मृत्यु भएको बताए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। अस्पताल पुग्ने बितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उनको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको बताए।

घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्छ। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्