Kathmandu Press

नेपाली सेनाद्वारा अमरगढी कोतघर हस्तान्तरण

डडेलधुरा, कात्तिक १३ : ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ। त्यहाँ रहेका पुराना हातहतियारको खोजी गरी राख्न र...
नेपाली सेनाद्वारा अमरगढी कोतघर हस्तान्तरण

डडेलधुरा, कात्तिक १३ : ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ। त्यहाँ रहेका पुराना हातहतियारको खोजी गरी राख्न र पुस्तकालय स्थापनाका लागि कोतघर निर्माण गरिएको हो।

पुरानो कोत घर भत्किएपछि पर्यटकलाई किल्लाका बारेमा जानकारी लिन समस्या भएकाले नेपाली सेनाको सिमिक कार्यक्रमअन्तर्गत करीब २० लाख रुपैयाँको लागतमा कोतघर निर्माण गरिएको रणबम गणले जनाएको छ। हतियार राख्नाका साथै पुस्तकालयसमेत रहने गरी निर्माण गरिएको कोतघर अमरगढी नगरपालिकालाई आज हस्तान्तरण गरिएको छ।

Hardik ivf

हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले  कोतघरमा राख्नका लागि आवश्यक पर्ने सामग्रीका लागि समन्वय गरिने बताए। नगरपालिका प्रमुख विश्वेश्वर ओझाले किल्ला घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने जानकारी दिए।

कोतघर निर्माणसँगै किल्लामा पर्यटकको आर्कषण बढ्ने विश्वास लिइएको छ। विक्रम सम्वत् १८४७ मा कर्णालीवारि राज्य सञ्चालनका साथै महाकालीपारि कुमाउँ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले सो किल्ला निर्माण गरेका थिए। पछि उनकै नामबाट किल्लाको नामकरण गरिएको थियो। 

प्रकाशित मिति: २१:४९ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्