Kathmandu Press

बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक घाइते

बारा, कात्तिक १३ : बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। झडपमा तीन प्रहरी र एक बालक घाइते भएका...
बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक घाइते
Hardik ivfHardik ivf

बारा, कात्तिक १३ : बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। झडपमा तीन प्रहरी र एक बालक घाइते भएका छन्।

प्रहरीले भारतबाट तस्करीको सामान ल्याउन स्थानीय बासिन्दालाई रोक्दा झडप भएको हो। झडपमा प्रहरीले गोली चलाएको थियो। गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव घाइते भएका छन्। उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, सई वीरेन्द्र गिरीसहित तीन जना प्रहरी घाइते भएका छन्। उनीहरुको कलैयामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले बताए।

झपडका क्रममा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको एसपी पंगेनीको भनाइ छ। हवाई फायरका क्रममै बालकलाई गोली लागेको उनले बताए।

गएराति भारतबाट मोटरसाइकलमा प्याज ल्याइरहेका स्थानय बासिन्दालाई प्रहरी टालीले नियन्त्रणमा लिएको थियो। त्यसपछि स्थानीय बासिन्दा पनि आएर प्रहरीमाथि आक्रमण गरेको एसपी पंगेनीले बताए।

स्थानीय बासिन्दाले आक्रमण गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो। यो क्रममा १२ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ। आज त्यो क्षेत्रको स्थिति सामान्य रहेको एसपी पंगेनीले बताए।

 

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, कात्तिक १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्