Kathmandu Press

युवककाे खुट्टा छिनालिएको घटनामा ३३ जना पक्राउ

दाङ, कात्तिक १२ : दाङको तुलसीपुरका एक युवकको खुट्टा छिनालिएको घटनामा प्रहरीले ३३ जनालाई पक्राउ गरेको छ।आफन्तको बिहेमा सहभागी भएर घर फर्किँदै गर्दा...
युवककाे खुट्टा छिनालिएको घटनामा ३३ जना पक्राउ

दाङ, कात्तिक १२ : दाङको तुलसीपुरका एक युवकको खुट्टा छिनालिएको घटनामा प्रहरीले ३३ जनालाई पक्राउ गरेको छ।

आफन्तको बिहेमा सहभागी भएर घर फर्किँदै गर्दा तुलसीपुरका कुमार  विकमाथि आक्रमण भएको थियो। आक्रमणकारीले उनको खुट्टा छिनालेका थिए। उनी सोमबार घाइते अवस्थामा भेटिएका थिए।

Hardik ivf

उनलाई कुटपिट गरेको घटनामा अनुसन्धानका लागि तुलसीपुर इलाका प्रहरी कार्यालयले ३३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। इलाका प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले नियन्त्रणमा लिएका युवासँग सोधपुछ भइरहेको बताए।

खुट्टा छिनालिएका विकलाई उपचारका लागि भारतको लखनउ लगिएको छ। घाइते विकलाई तत्कालै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरिएको थियो। त्यहाँ पनि उपचार हुननसकेपछि भारत लगिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्