Kathmandu Press

दशैंमा कस्तो रहन्छ देशभरको मौसम ?

काठमाडौं, कात्तिक १० : आज देशभरको मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार प्रदेश १, २,...
दशैंमा कस्तो रहन्छ देशभरको मौसम ?

काठमाडौं, कात्तिक १० : आज देशभरको मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो भने प्रदेश १ र २ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलि दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मंगलबार राति देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।  

राति पनि देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, कात्तिक १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्