Kathmandu Press

महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला सुरु

महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला सुरु
Hardik ivfHardik ivf

महोत्तरी, कात्तिक ७ : महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको छ। 

बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला सुरु भएको हो। औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए।

मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्छ। भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन्। सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ। 

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ। 

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् । ‘सोनामाई शक्तिपीठमा थुपै्र धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन्,’ अर्का पुजारी झगरु झाले भने।

प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै कम भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई पूजा व्यवस्थापन समितिले जनाएको छ। मेलामा आउने पीडित ९कारनी० र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ।

प्रकाशित मिति: २०:३७ बजे, शुक्रबार, कात्तिक ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्