Kathmandu Press

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचकाे भेट आपत्तिजनक : गगन थापा

काठमाडौं, कात्तिक ७ : कांग्रेस नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको...
प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचकाे भेट आपत्तिजनक : गगन थापा
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ७ : कांग्रेस नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटमा आपत्ति जनाएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत भारतीय गुप्तचरसँग भेटघाट गर्नुले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका हुन् ।

उनले लेखेका छन, ‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ। सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ। यसको अनुसन्धान हुनुपर्छ।’

 

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, कात्तिक ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्