Kathmandu Press

आइपीएल : कोलकातामाथि बैंगलोरको ८ विकेटको सहज जित

काठमाडौं, कात्तिक ६ : आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा...
आइपीएल : कोलकातामाथि बैंगलोरको ८ विकेटको सहज जित
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।

बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको हो।  ३९ औं खेलमा कोलकाताले बैंगलोरलाई दिएको ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३ दशमलब ३ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । बैंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले उत्कृष्ट प्रदर्शन गरे । उनले २ मेडन ओभरसहित ३ विकेट लिए । उनले ४ ओभरमा जम्मा ८ रन मात्र दिए ।

जितसँगै बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।कोलकाता १० खेलमा ५ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, कात्तिक ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्