Kathmandu Press

खेलाडीको पीडा बुझेको छु : हरि खड्का

काठमाडौं, कात्तिक ४ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन्।नेपाल...
खेलाडीको पीडा बुझेको छु : हरि खड्का

काठमाडौं, कात्तिक ४ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका हुन्।

Hardik ivf

‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ। देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु। त्यसैले खेलाडीको पीडाबारे मलाई राम्रोसँग थाहा छ। खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु,’ उनले भने।

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउँदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेल क्षेत्रमा केही गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद दिए।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्को नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउँदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई सदस्यमा मनोनीत गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए।  उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसँग अनुरोध गरे।

खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघमात्र नभई सारा नेपाली खेलाडीलाई खुशी बताएको बताए। खड्कालाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो। 

खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालकातर्फबाट सर्वाधिक गोलकर्तामध्येका एक हुन्। खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन्। उत्ति नै गोल निराजन रायमाझीको नाममा पनि छ। खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्वप्रशिक्षक पनि हुन्।

नेपालमै गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए। खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख पनि हुन्।
 

प्रकाशित मिति: २३:०४ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्