Kathmandu Press

आईपीएल क्रिकेटमा राजस्थानको चौथो जित, चेन्नईलाई ७ विकेटले पराजीत 

काठमाडौं, कात्तिक ४ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता...
आईपीएल क्रिकेटमा राजस्थानको चौथो जित, चेन्नईलाई ७ विकेटले पराजीत 

काठमाडौं, कात्तिक ४ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।

यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । 

राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ ।

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्