Kathmandu Press

सुदूरपश्चिम प्रदेशका सांसद भट्टलाई कोरोना संक्रमण

बैतडी, कात्तिक २ : बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको...
सुदूरपश्चिम प्रदेशका सांसद भट्टलाई कोरोना संक्रमण

बैतडी, कात्तिक २ : बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो।

स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए। असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका वेला रुघाखोकीका लागेपछि कोरोना परीक्षण गराएको उनले बताए।

Hardik ivf

उनी सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेका छन्। स्वास्थ्यमा कुनै समस्या नरहेको उनले बताए

असोज १३ गते कैलालीबाट बैतडी फर्किएका भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए। उनको गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

त्यस्तै, जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित दुई जनप्रतिनिधि, पाटनकै अन्य दुई जनामा कोरोना पुष्टि भएको हो।

 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्