Kathmandu Press

सुर्खेतमा ५१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना

काठमाडौं, कात्तिक २ : सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारेश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई...
सुर्खेतमा ५१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना

काठमाडौं, कात्तिक २ : सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारेश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको  महापुराणबाट सङ्कलित रकमले अर्धनारेश्वरको मूर्ति स्थापना गरिएको हो ।
 
शिव मन्दिर प्राचीनकालमा एउटै ढुङ्गाबाट बनेको पुरातात्विक शैलीको मन्दिर हो । वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले मन्दिरलाई विश्वसामु चिनाउन शिवको २१ फिट तथा पार्वतीको ३० फिट गरी ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको बताए ।

उक्त मूर्ति एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडेर निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनारेश्वरको मूर्ति भएको उनको दाबी छ । मूर्ति घटस्थापनाको अवसर पारेर स्थापना गरिएको हो ।

मूर्ति निर्माण तथा स्थापना कार्यमा रु ८९ लाख खर्च भएको बताइएको छ । विसं २०७५ मा लगाइएको महापुराणबाट एक करोड सात लाख २९ हजार ९०० सङ्कलन भएको थियो । ४०० वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरुले दर्शन गरे ती समस्याबाट मुक्ति पाउने विश्वास छ । 

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्