Kathmandu Press

ला लिगामा साविक विजेता रियल मड्रिड काडिजसँग पराजित   

काठमाडौं, कात्तिक २ : स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग...
ला लिगामा साविक विजेता रियल मड्रिड काडिजसँग पराजित   
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २ : स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–०  ले पराजित भएको हो ।

काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए। काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो ।

रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको मड्रिड पहिलो पटक पराजित भएको हो । हारका बाबजुद रियल अंक तालिकाको शीर्ष स्थानमा छ ।

उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रो स्थानमा छ।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्