Kathmandu Press

चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, कात्तिक २ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।गए राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५...
चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, कात्तिक २ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

गए राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो ।

चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आइतबार दुई खेल हुदै छन्। आइतबार पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सवीच हुदै छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र किंग्स इलेभेन पञ्जाबबीच हुदै छ।

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्