Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १७४६ जना कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा थप १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए १७४६ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक १ : काठमाडौंमा उपत्यकामा थप १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

Hardik ivf

उनका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, नेपालमा थप  ३१ सय ६७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमितमध्ये ८९ हजार ८४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७२७ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १८०० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०९ बजे, शनिबार, कात्तिक १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्