Kathmandu Press

कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्षस्थानमा 

कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्षस्थानमा 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १ : साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजीत गर्दै साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे । कोलकातालाई हराएसँगै मुम्बई ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ । कोलकाताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति: १३:३५ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्