Kathmandu Press

एकैदिन थपिए ४३ सय ९२ जना कोरोना संक्रमित

नेपालमा थप  ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एकैदिन थपिए ४३ सय ९२ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

काठमाडौं, असोज ३० :  नेपालमा थप  ४३९२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३९२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। संक्रमितमध्ये ८८ हजार ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३५२२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०६ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्