Kathmandu Press

वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

हैदरावाद, असोज २९ : दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले जनाएका छन्।भारतका ठूला...
वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

हैदरावाद, असोज २९ : दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले जनाएका छन्।

भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए।  

Hardik ivf

भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् बुधबार सार्वजनिक दृष्यहरूमा बाढीले कार तथा हल्का खालका सवारी साधन बाढीले बढेका नदीहरूमा बगिरहेको तथा सडक छेउमा तैरिएर बसेको देखाइएको छ। 

बाढीमा बगेका तथा डुबेका विश्वास गरिएका आठमध्ये दुई मृत भेटिएका र ६ अझै बेपत्ता रहेको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ।

बाढी तथा डुबानमा परी अलपत्र परेका व्यक्तिहरूको खोजीका लागि राष्ट्रिय विपद् व्यवस्थापन बल तथा प्रहरी र सेना विभिन्न स्थानहरूमा तैनाद गरिएको छ।

बङ्गालको खाडीमा एक्कासी आएका तरङ्गहरूका कारण अनपेक्षित घटना हुन पुगेको मौसमविद्हरूले बताएका छन्।

वर्षाका कारण सबैभन्दा बढी तेलङ्गना राज्य प्रभावित भएको छ भने मुसलधारे पानीको असर आन्ध्रा प्रदेश र कर्नाटकमा समेत परेको छ।

भारतमा बाढी तथा डुबानमा परी वर्षेनी सयौँ मानिसले ज्यान गुमाउने गरेका छन्। विज्ञहरूले वर्षाका कारण हुने मृत्युलाई कमजोर संरचना र मौसमसम्बन्धी कार्यालयले समयमै सावधानी नगराउँदा अकालमा नागरिकको ज्यान जाने गरेको दाबी गरेका छन्। 

प्रकाशित मिति: २३:०३ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्