मंगलबार, मंसिर १६, २०७७

विश्वभर ३ करोड ८० लाखमा कोरोना संक्रमण, १० लाख ८५ हजारको मृत्यु

काठमाडौं, असोज २७ : विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ७५६ जनाको मृत्यु भएको छ । यो सँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख  ७३ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

 Published Date: Tuesday, 13th October 2020 8:02:00 am