Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १४०९ जना कोरोना संक्रमित

काठमाडौं, असोज २३ : काठमाडौंमा उपत्यकामा थप १४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाको...
काठमाडौं उपत्यकामा थपिए १४०९ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज २३ : काठमाडौंमा उपत्यकामा थप १४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

Hardik ivf

उनका अनुसार काठमाडौंका १११६, भक्तपुरका १३० र ललितपुरका १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, शुक्रबार नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक लाख ६ सय ७६ पुगेको छ।

संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर  १६८० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:११ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्