बिहिबार, कात्तिक १३, २०७७

कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको मृत्यु

सांकेतिक तस्वीर।

काठमाडौं, असोज १५ : कोरोना भाइरसको संक्रमणबाट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको छ। 

सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत ५८ वर्षीय डा. सापकोटाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको बिहीबार दिउँसो मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए।  उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिराखिएको थियो। 

 डा. सापकोटालाई दुई हप्ताअघि कोरोना पुष्टि भएको थियो।  ११ औं तहका सरकारी डाक्टर सापकोटा सुगरका दीर्घ रोगी थिए।

 Published Date: Thursday, 1st October 2020 4:27:00 pm