स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिपी कोइराला अस्पतालको सेवा बन्द
दमाैली, असोज १५ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ।उपचार केन्द्रको प्रयोगशालामा...
दमाैली, असोज १५ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ।
उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणण देखिएपछि बिहीबारदेखि सेवा बन्द गरिएको हो। उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए।
उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ। “अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा श्रेष्ठले भने, “पीसीआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ।”
प्रकाशित मिति: २१:३२ बजे, बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार